चाल्सा: आज मटेली क्षेत्रको डब्ल्युवीटीजीए हलमा तृणमूल कङ्ग्रेसको एउटा सभा सम्पन्न भयो। जसमा आगामी २१ जुलाई शहीद दिवसमा धर्मतला चलो अनि १२ जुलाईको दिन धुपगढीको सभालाई लिएर बैठक गरियो। धूपगढीको बैठकमा मुख्य वक्ताको रुपमा तृणमूल सांसद तथा एआईटीसीका महासचिव अभिषेक ब्यानर्जीको रहनेछ। यसलाई लिएर एउटा कार्यक्रम गरिएको थियो।
जसमा मन्त्री बुलुचिक बड़ाइक, जलपाइगढी जिल्ला सभापति महुआ गोप, आईएनटीटीयुसी जलपाईगढी जिल्ला सभापति राजेश लकड़ा, तृणमूल नेता जोसेफ मुण्डा आदि उपस्थित थिए। आज उक्त कार्यक्रममा भाजपा छोड़ेर चिलाउने अनि बाताब़ाडी चियाबारीको लगभग ५० जना मानिसहरू सामेल भएका थिए।










