कोलकाताः जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षको छात्र स्वप्नदीप कुन्डूको ऱ्यागिङको कारण भएको मृत्युलाई लिएऱ नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको तर्फबाट दर्ता गराइएको शिकायतको क्रममा पुलिसले उनलाई नै नोटिस जारी गरेको छ। कोलकाता पुलिस सूत्रहरू अनुसार, उनले जुन शिकायत दिएका छन्, त्यही सम्बन्धमा अझ् अधिक जानकारी लिनका लागि उनलाई बोलाइएको हो।
छात्रको मृत्युपछि भारतीय जनता युवा मोर्चाको तर्फबाट विश्वविद्यालयको गेटमा विरोध प्रदर्शनको आयोजन गरिएको थियो। गत बिहिवार त्यसमा शुभेन्दु अधिकारी सामेल भएका थिए। सम्बोधनपछि जब उनी फर्किरहेका थिए तब वामपन्थी छात्र संगठन रिवोल्यूशनरी स्टूडेन्ट फेडरेशन (आरएसएफ) का कार्यकर्ताहरूले उनीमाथि हमला गरेका थिए। यसैलाई लिएर उनले जादवपुर थानामा लिखित शिकायत दर्ता गराएका थिए औं आक्रमणकारीहरूसित बन्दूक थियो र माओवादी गतिविधिहरूसित उनीहरूको सम्बन्ध हुनसक्ने दाबी गरेका थिए।
यस सम्बन्धमा मंगलवार पुलिसले भन्यो, उसले पश्चिम बंगाल विधानसभामा विपक्ष नेता शुभेन्दुको शिकायतमा मामिला दर्ता गरेको छ। यही क्रममा जादवपुर पुलिसले भाजपा नेतालाई एउटा नोटिस पठाएको थियो, जसमा उनलाई छिटोभन्दा छिटो जाँच अधिकारीको साथ आफ्नो शिकायतको सम्बन्धमा अधिक जानकारी साझा गर्नलाई भनिएको थियो।
-हिस










