ओवरब्रिजबाट तल झऱ्यो बाइक, दुईको मृत्यु

00-1-Chhetriya-Samachar-5

जलपाइगढ़ीः दुर्घटनामा बाइक सवार युवक र युवतीको मृत्यु भएको छ। दुर्घटनामा एक अन्य युवक गम्भीर रूपमा घाइते भएको छ। प्राप्त जानकारी अनुसार, मंगलवार बिहान स्थानीय मानिसहरूले लाटागढी-चालसा जाने राष्ट्रिय संख्या-३१ बीचाभाङ्गा रेलवे क्रसिङ छेउ एक केटी सहित दुई युवकलाई बाइकको साथ देखे। जसमध्ये एक युवकको हात-खुट्टा हल्लिरहेको थियो जबकि एक युवक र युवती मरिसकेका थिए। घटनाको सूचना पुलिसलाई दिइयो।

सूचना पाएर क्रान्ति चौकी पुलिस पुग्यो। स्थानीय मानिसहरूको मद्दतले घाइते युवकलाई अस्पताल पठाइयो। यद्यपि, दुर्घटना कसरी भयो, यो स्पष्ट छैन। स्थानीय मानिसहरू अनुसार, निर्माणाधीन रेलवे ओवरब्रिजबाट झर्दा यो दुर्घटना घटेको हो। खबर लेखिञ्जेलसम्म कसैको पहिचान हुन सकेको छैन। क्रान्ति चौकी पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement