सलेसियन कलेज सोनादामा ३२औं नेपाली भाषा मान्यता दिवस पालन

IMG-20230822-WA0251.jpg

सोनादा: सलेसियन कलेज सोनादाको अंग्रेजी विभाग र इतिहास विभागले आन्तरिक गुणस्तर आश्वासन सेल (आइ क्यु ए सी) साथै रेडियो सलेसियन सँगको सहकार्यमा कलेज सभा गृहमा ३२औं नपाली भाषा मान्यता दिवस समारोह आयोजना गरेको थियो। कार्यक्रमलाई कलेजकै विद्यार्थी जेकब राई र केजिया राईले सञ्चालन गरेका थिए। कार्यक्रममा मुख्य अतिथिको रुपमा कवि, अनुवादक, लेखक तथा सहायक प्राध्यापक राजा पुनियानी उपस्थित रहेका थिए।

क्याम्पस मिनिस्टर फादर प्रीतम बर्ला, बर्सर फादर रेमण्ड टुडु, कलेज डीन डा. टेरेन्स मुखिया, वाणिज्य डीन उदय मल्ल र रेडियो सलेसियनका कार्यक्रम निष्पादक आरजे समीर छेत्रीले दीप प्रज्वलन गरी कार्यक्रमको थालनी गरेका थिए। कार्यक्रममा विभिन्न विभागका विद्यार्थीहरुले नेपाली जातीय गीतमा नृत्य प्रस्तुत गरेका थिए भने इतिहास विभागले विभिन्न विभागको सहकार्यमा भाषा मान्यता दिवसको महत्वबारे सन्देश दिने छोटो एकांकी नाटकपनि मञ्चन गरेका थिए। कार्यक्रममा समीर छेत्रीले नेपाली भाषा र यसको प्रयोगबारे वक्तव्य राख्दै विद्यार्थीहरुलाई नेपाली भाषालाई माया गर्ने आह्वान् गर्दै मातृ भाषाको महत्वबारे पनि केही शब्दहरु राखेका थिए।

रेक्टर फादर जेम्स चाकोले कृतज्ञता व्यक्त गर्दै मुख्य अतिथि राजा पुनियानीलाई कलेजको पक्षबाट सम्मान पनि जनाएका थिए।

मुख्य अतिथि राजा पुनियानीको वक्तव्यपछि इतिहास विभागकी प्रमुख कल्याणी लिम्बुले धन्यवाद ज्ञापन गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement