नाबालिक हत्याको जीटीए प्रमुख अनित थापाद्वारा निन्दा

IMG-20230822-WA0248.jpg

पुलिस कमिश्नरलाई पत्रचार गरेर उचित न्यायको मांग

दार्जिलिङ: नेपाली कन्या उच्च माध्यमिक विद्यालय, सिलगढीमा अध्ययनरत् एक नेपाली नाबालिकाको निर्मम हत्याको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनक प्रमुख कार्यपाल अनित थापाले कड़ा शब्दमा निन्दा गरेका छन्। उनले यस घटना विषयमा सिलगढी पुलिस आयुक्तका पुलिस कमिस्नरलाई पत्राचार गरेर घटनाको उत्तम जाँच गरी परिवार पक्षलाई उचित न्याय दिलाउने मांग गरेको प्रेस विज्ञप्ती जारी गरी बताएका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् – ‘नेपाली कन्या उच्च माध्यमिक विद्यालय, सिलगढीमा अध्ययनरत् एक नेपाली नाबालिकाको निर्मम हत्याको खबरले हामी सबैलाई हतप्रभ बनायो। अपराधी मोहम्मद अब्बासलाई पुलिसले पक्राउ गरेको छ। पुलिस प्रशासनको कार्यको म प्रशंसा गर्दछु। तथापि मध्य दिनको उज्यालोमा घटेको घटनाको म निन्दा गर्दछु। परिवारजन कतिको पिडामा छन् म कल्पना पनि गर्नु सक्दिन। मैले सिलिगुडी पुलिस आयुक्तका पुलिस कमिस्नरलाई पत्राचार गरेर घटनाको उत्तम जाँच गरी परिवार पक्षलाई उचित न्याय दिलाउने मांग गरेको छु।’

About Author

Advertisement