प्राकृतिक प्रकाेपकाे राहत चेक वितरण

IMG_20220707_220835.jpg

नाम्ची: प्राकृतिक प्रकाेपकाे राहत चेक वितरण गरियो। उक्त राहत चेक नाम्ची जिल्लाको मल्ली समष्टिअन्तर्गत लुङचुक-कमरे जीपीयूको मुङराङ, राेलु, लुङचुक, कमरे, बेलबाेटे र थर्पु वार्ड अनि तुरूक-रमाबुङ जीपीयूकाे मङ्गलबारे वार्डमा वितरण गरिको थियो। उक्त चेक वार्ड-वार्ड पुगेर एसकेएम पार्टीकाे मल्ली समष्टिका प्रभारी तिलक बस्नेतले वितरण गरे।
उल्लेखनीय छ, गत २६ मई, २०२२ मा परेकाे असिना-पानीले कृषकहरूका बालीलाई व्यापक क्षति पुऱ्याएको थियाे। राहत चेक वितरण गर्ने क्रममा प्रभारी बस्नेतले कृषकहरूकाे तर्फबाट वर्तमान सिक्किम सरकार र सम्बन्धित विभागलाई धन्यवाद दिए। जनतालाई परेकाे समय सरकारले सहयाेग गरिरहेकाे बताउँदै व्यक्तिगत फाइदालाई मात्र नहेरेर समष्टिको फाइदालाई पनि हेर्नुपर्ने उनले बताए। सरकारबाट केही पाइन भन्ने कुरा पुरानाे परम्पारकाे अनुसरण हाे भन्दै उनले काम गर्न चाहनेहरूलाई एसकेएम सरकारले अवसरै अवसर सृजना गरिरहेकाे दाबी गरे।
उनले सहुलियत वितरणमा भेदभाव हुनुहुॅंदैन भन्ने सिक्किम सरकार र मुख्यमन्त्री पीएस तामाङकाे विचार उल्लेख गर्दै यस विचार अनुरुप पञ्चायतगण, पार्टी कार्यकर्ता आदिलाई काम गरिदिने अनुराेध गरे। कृषकहरूको आर्थिक अवस्थामा सुधारका लागि सरकारले प्राेत्साहन राशि प्रदान गरिरहेको बताउँदै एसकेएम सरकार आएपछि कृषिकाे क्षेत्रमा राम्राे अवसर सृजना भएकाे बताए। उनले विभिन्न सुझाउहरू राख्दै सरकारका उपलब्धीहरूमाथि प्रकाश पारे। यस अवसरमा वार्ड पञ्चायतहरू, पार्टी कार्यकर्ताहरू आदिकाे पनि उपस्थिति रहेकाे थियाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement