ध्रुव लोहागणको दुइवटा कृतिको विमोचन

IMG-20220707-WA0166.jpg

खरसाङ: वरिष्ठ साहित्यकार धुर्व लोहागणद्वारा लिखित दुईवटा कृतिहरूको दोस्रो संस्करणको आज विधिवत् लोकार्पण सम्पन्न गरियो। खुल्ला साहित्यिक मञ्च, दुर्गागडीको तत्वावधानमा सालबारीस्थित क्याँफे द ट्विन्समा मन नाटक संग्रह अनि रजनीगन्धा कथा संग्रहको दोस्रो संस्करणको लोकार्पण गरियो। कार्यक्रमको मुख्य अतिथिको रुपमा उत्तर बंग विश्वविद्यालयका नेपाली विभागको प्रमुख डा सञ्जय बान्तवा थिए भने वरिष्ठ गायिका तथा संगीतकार शान्ति ठटाल विशिष्ट अतिथिको रुपमा उपस्थित थिइन्। लेखिका एंव पत्रकार बबिता मादेनद्वारा सञ्चालित उक्त कार्यक्रममा साहित्यकार शरद छेत्रीले स्वागत सम्भाषण राखेका थिए। दुई कृतिहरूको विधिवत लोकार्पणपछि मन नाटक संग्रह माथि साहित्यकार खेम सापकोटाले समीक्षा राखेका थिए भने रजनीगन्धा कथा संग्रहमाथि साहित्यकार देवराज शर्माले समीक्षात्मक टिप्पणी गरेका थिए। कार्यक्रममा उपस्थित अन्य अतिथिहरूमा वरिष्ठ साहित्यकार युवराज काँफ्ले, वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडा, साहित्यकार मोहन ठकुरी, साहित्यकार अशोक रोका, साहित्यकार समालोचक सुकराज दियाली, कवि देविका मंग्राती, साहित्यकार डाक्टर नरेश चन्द्र खाती, डाक्टर जीवन राणा, वरिष्ठ व्यक्तित्व एसके गजमेर साथै अन्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा कृतिकार धुर्व लोहागणले उपस्थित सम्पूर्णमा अभार प्रकट गरे। स्मरण रहोस् कृतिकार लोहागणका कथा संग्रह रजनीगन्धाले अघिबाटै डाक्टर शोभा थेगिम स्मृति पुरस्कार प्राप्त गरिसकेको छ भने मन नाटकले लालमान सञ्चरानी पुरस्कार प्राप्त गरिसकेको छ।

About Author

Advertisement