साहित्य सुनौँ परिवार-द्वारा मिरिकमा ३२औँ नेपाली भाषा मान्यता दिवस पालन

MIR-1.jpg

मिरिक: साहित्य सुनौँ परिवार मिरिक-ले आज मिरिकको कृष्णनगर क्लबमा ३२औँ नेपाली भाषा मान्यता दिवस पालन गर्यो। दीप जोशी, केसाङ लामा अनि अजम प्रधानको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रमलाई साहित्य सुनौँ परिवारका अध्यक्ष आरबी राईले अध्यक्षता गरेका थिए। उक्त कार्यक्रममा तेजमान बताईली प्रमुख रूपमा उपस्थित थिए। यसैगरी विशिष्ट वक्ताको रूपमा डा. सुकराज दियाली, अथितिहरूमा डा. आनन्द खड्का, मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमने, साहित्य सुनौँ परिवारका प्रमुख संरक्षक दधिराम घिमिरे, सचिव शिला लामा, सह सचिव अमर दुङमाली, कोषाध्यक्ष कमला तामाङ, पीएल जोशी, वाई एन ढकाल, भाषा सङ्ग्रामीहरू, विभिन्न ठाउँका साहित्यकारहरू, विभिन्न विद्यालयका शिक्षकगण, विद्यार्थीवर्ग आदि उपस्थित थिए। उक्त कार्यक्रममा मिरिकका १६ जना भाषा सङ्ग्रामीलाई सम्मान जनाइयो। जसमा ५ जना जीवित सङ्ग्रामीहरू रहेको अनि ११ जना स्वर्गीय सङ्ग्रामीको परिवारका सदस्यहरूलाई निम्ताएर सम्मान जनाइयो। कार्यक्रममा अन्तर विद्यालय वाक पटुता प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रममा मिरिक क्षेत्रका माध्यमिक परीक्षामा उच्च अङ्क लिएर उतीर्ण भएका मेधावी विद्यार्थीहरूलाई सम्मान साथै छात्रवृत्ति प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement