सैगुनको काठसितै दुईजना पक्राउ

87d18bef-4c50-4e40-831b-5d4255f99c93-1024x478.jpg

सिलगढी: एसटीएफ र ताइपू बीटका वन कर्मीहरूले अवैध सैगुनको काठले भरिएको एउटा कन्टेनर जफ्त गरेको छ।यस घटनामा दुई जनालाई पक्राउ पनि गरेको छ। पक्रा परेका आरोपीको नाम चन्द्रशेखर केपी (३६) र विकास गौड़ा (२६) बताइएको छ। सूत्रले दिएको जानकारी अनुसार एसटीएफ र ताइपू बीटका वन कर्मीहरूले फाटापुकुरमा अभियान चलाएर काठले भरिएको एउटा कन्टेनर जफत गरेको छ। उक्त काठ गुवाहाटीबाट महाराष्ट्रको नागपुरमा तस्करी गर्ने योजना रहेको थियो। जफत गरेको काठको अनुमानित बजार मूल्य ६० लाख रुपियाँ रहेको छ। वन विभागले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement