सिलगढीमा भाजपा विधायकहरूले राष्ट्पति उम्मेद्वार द्रोपदी मुर्मुलाई भेटने

Draupadi-Murmu-1-1

गान्तोक: आगामी ९ जुलाईको दिन सिलगढीको एक होटलमा एनडीए राष्ट्रपति उम्मेदवार द्रौपदी मुर्मुसँग सिक्किम राज्यको निम्ति भेटघाट कार्यक्रम आयोजन गरिने भएको छ।

आज भाजपा विधायक तथा आयोजक समिति अध्यक्ष टीटी भोटियाको अध्यक्षतामा राजनीतिक सचिव जेकब खालिङ अनि प्रेस सचिव विकास बस्नेतको उपस्थितिमा उक्त तयारीबारे चर्चा गर्न बैठक सम्पन्न भयो।

आगामी १८ जुलाई २०२२ को दिन हुने भारतको राष्ट्रपति चुनाउसम्बन्धी अनि राष्ट्रिय गणतान्त्रिक गठबन्धनको उम्मेदवार द्रौपदी मुर्मुको सिक्किम आगमन विषयमा बुधबार राज्यका मुख्यमन्त्री एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष प्रेमसिंह तामाङको अध्यक्षतामा मिन्तोगाङमा एक महत्वपूर्ण सभा सम्पन्न भएको थियो। उक्त बैठकमा आगामी 9 जुलाईको दिन एनडीएकी साझा उम्मेदवार द्रौपदी मुर्मु सिक्किम भ्रमणमा आउने विषयमा चर्चा गरिएको थियो भने केही कारण वश राष्ट्रपति उम्मेदवार सिक्किम आउन असमर्थ भएपछि एसकेएम अनि भाजपाका सबै विधायकहरू बागडोग्रा हवाईअड्डा अनि सिलगड़ीमा गएर उनीसँग सौहार्द भेटघाट गरी सभा गर्ने हिजोको सभाले निर्णय लिएको छ। यसै विषयमाथि पुनः चर्चा गर्न आज सिक्किमका भाजपा विधायक टीटी भोटियाको अध्यक्षतामा मुख्यमन्त्रीका राजनीतिक सचिव अनि प्रेस सचिव विकास बस्नेतको उपस्थितिमा सिलीगुडी स्थित एक निजी होटलमा महत्त्वपूर्ण सभा आयोजन गरिएको थियो। बैठकमा सिक्किम राज्यको निम्ति उम्मेदवार मुर्मुले गर्ने भेटघाट र सभाको बारेमा चर्चा गरिएको थियो भने राष्ट्रपति उम्मेदवार द्रौपदी मुर्मुसँग सिलगढीमा भेटघाट कार्यक्रम आयोजन गरिने सभाले निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement