सिक्किम उच्च न्यायालयका पूर्व मुख्य न्यायाधीश सिक्किम आइपुगे

IMG-20230820-WA0300.jpg

गान्तोकः सिक्किम उच्च न्यायालयका पूर्व मुख्य न्यायाधीश न्यायमूर्ति नरेन्द्र कुमार जैन दश दिनको निम्ति सिक्किम भ्रमणमा आइपुगेका छन्। उनी आगामी २९ अगस्तसम्म सिक्किमको भ्रमणमा रहने थाह लागेको छ। उनी आफ्नो धर्मपत्नीसॅंग सिक्किम आएका छन्।

सिक्किम भ्रमणमा आउने क्रममा आज दिउँसो बाघडुग्रा विमानस्थलमा सिक्किम पुलिसका पुलिस निरीक्षक सोबित छेत्री अनि प्रोटोकल युनिट सिलगड़ीका अधिकारीहरूले स्वागत जनाए। त्यसपछि उनी त्यहाँबाट सोझै नाम्चीतर्फ प्रस्थान भए। मल्ली चेक पोस्टमा पनि न्यायमूर्ति जैनलाई स्वागत जनाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement