कालचिनी: बुधबार साँझ प्रायः ९ बजी दुईवटा विपरीत दिशाबाट गइरहेको वाहन ३१सी राष्ट्रिय राजमार्ग निमती दोमोहनी संलग्न पोरो क्षेत्रमा एक्कासी ठोक्किन्दा दुवै वाहनमा भयावह आगलागी भएको थियो। घटनास्थलमा कालचिनी थाना र निमती आउटपोस्टका पुलिसबल साथै दमकलको इञ्जिन पुगेर आगो नियन्त्रणमा ल्याउन सफल भए तापनि दुवै वाहन शतप्रतिशत जलेर नष्ट भएको थियो।
भाग्यले दुवै वाहनको चालक र खलासीहरू वाहनबाट भागेर ज्यान बचाउन सक्षम भएको थियो भने सामान्य रुपमा एकजना चालक घाईते बनेको थियो। गरिएको थियो भने दुवै वाहनको चालक र खलासीहरूलाई पुलिसले घाइते अवस्थामा उद्धार गर्न सफल भएको बताईएको छ। घटना निमती दोमोहनी संलग्न ३१सी राष्ट्रिय राजमार्गमा घटेकोले सड़कको दुवैतिर वाहनहरूको जाम प्रायः ३ घन्टा भन्दा अधिक समयसम्म लागेको थियो। पुलिस सुत्रले बताएअनुसार एउटा दुवै विपरीत दिशाबाट गइरहेको वाहनमाझ टक्कर हुँदा आगो लागेको थियो भने घटनामा कोही पनि हताहत नभएको बताईएको छ। प्रायः रातभरि नै उद्धार कार्यमा लागेको र बिहानसम्ममा दुवै क्षतिग्रस्त वाहनहरूलाई सुरक्षित ठाउँमा ल्याईएको निमती आउटपोस्टका प्रभारी एसआई अमित शर्माले जनाएका छन्।