मुजफ्फरपुर (बिहार): मुजफ्फरपुरबाट सबैलाई चकित पार्ने उदाहरणीय समाचार अघि आएको छ। यहाँको नितिशवर सिंह कलेजका हिन्दी विभागका प्राध्यापकले विगत दुई वर्षदेखि कुनै पनि विद्यार्थी पढ्न नआएपछि आफ्नो तलबको २३ लाख रुपियाँ सरकारलाई फिर्ता गरेका छन्। प्राध्यापक ललन कुमारले यसबाट फरक उदाहरण बसाएका छन्। प्रोफेसरले आफ्नो दुई वर्षको तलब सरकारलाई फिर्ता गरेको बारेमा आफूले कुनै विद्यार्थीलाई पढाएको छैन भने तलब लिने हक नरहेको बताएका छन्। यससँगै प्राध्यापक लालनकुमारले आफ्नो पदस्थापन कक्षामा विद्यार्थीहतु पढ्न आउने ठाउँमा हुनुपर्ने माग गरेका छन्। प्राध्यापक लालन कुमारलाई जेएनयुबाट पढेर बिहार लोक सेवा आयोग (बीपीएससी) ले प्रोफेसर पदका लागि छनोट गरेको थियो। प्रोफेसर भन्छन्, ‘कलेज भर्ना हुँदा यहाँ विद्यार्थी पढ्न आउँदैनन् भन्ने देखेll’ त्यसयता उनी लगातार आफ्नो सरुवा गराउने प्रयासमा थिए। तर, उनको अहिलेसम्म सरुवा भएको छैन।
ललन कुमारले आफ्नो रेङ्क राम्रो भए पनि नितिशवर सिंह कलेज दिएको बताउँछन्। यो कलेजमा विद्यार्थीहरु पढ्न आउँदैनन्। त्यसैले उनले आफ्नो २ वर्ष ९ महिनाको कार्यकालको २३ लाख ८२ हजार २२८ रुपियाँ तलब सरकारलाई फिर्ता गर्ने प्रस्ताव राखेका छन्। विश्वविद्यालयले ६ पटक सरुवा आदेश जारी गरेपनि हरेक पटक नाम काटिएको उनले बताए। लालन कुमारले अब सरकारलाई यो कलेजबाट सरुवा नगरे आमरण अनसन बस्ने चेतावनी दिएका छन्। यो कुरा चर्चामा आएपछि कलेजका प्रिन्सिपलले स्पष्टीकरण दिनुपरेको थियो। प्रिन्सिपलले ललनकुमारलाई समस्या भए आएर बताउनुपर्ने बताए। कोरोनाका कारण विगत दुई वर्षदेखि विद्यार्थी कम आउने गरेको प्रिन्सिपल बताउँछन्। तर, कलेजमा पढाइ नै नभएको लालनकुमारको आरोपलाई उनले खारेज गरे। लालनकुमारले आफूलाई सरुवा सम्बन्धमा कुनै पत्र नदिएको उनले बताए।









