सिलगढी: सिलगढी वार्ड नं. ४ मा गत तीन दिनदेखि पिउने पानी आएको छैन। यहाँ पिउने पानीको सर्वाराह ठप्प भएको छ। गर्मीले पराकष्ठा नागेको बेला पिउने पानी ठप्प हुँदा आम मानिसहरूलाई धेरै असुविधा भएको छ। सिलगढी नगरनिगमले यस विषयमा हालसम्म पनि कुनै पहल नगरेको आरोप वार्डवासीले लगाएको छ। वार्डवासीहरूले निकै होहल्ला मच्चाएपछि भने नगरनिगमबाट एउटा पानीको ट्याङ्कर वार्ड नं ४ मा पठाए। यसरी ट्याङ्कर आएपछि भने वार्डबासीहरूले पिउने पानी थापे। पाइप लाइनको कारणले गर्दा ती चार दिन अगावै ४ नम्बर वार्डका मानिसहरुलाई कुनै सूचना बिना नै पेयजल परिसेवा बन्द गरिदिएका थिए।पानीको पाइपको कार्य थालेपछि नगर निगमले यस वार्डको निम्ति पानीको वैकल्पिक व्यवस्था गरिनु पर्ने हो भनेर मानिसहरुले गुनासो गरे। अर्कोतिर वार्ड पार्षद बिबेक सिंहले पेयजल बन्द गरिएको खबर अगावै नपाएको बताए।खबर पाउनासाथ उनले ट्याङ्कर पठाइदिएको पनि उनले बताए। तिनले अझ बताए कि वार्डमा वासिन्दाहरुलाई पानीको समस्या हुन दिने छुइन।