शहीदका परिवारहरूलाई व्यवहारिक रुपमा हेर्न खाँचो छ: भुपेन गुरुङ

IMG-20220707-WA0156.jpg

खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रसार-प्रचार सचिव भुपेन गुरुङले आफ्नो विज्ञप्ति जारी गर्दै मणिपुर राज्य अन्तर्गत नोनि तुपुल यार्ड रेलवे निर्माण शिविरमा गएको पैह्रोमा परेर शहीद भएका वीर जवानहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले हामीले वीर शहीद जवानहरूलाई फुल चढाउँछौं, श्रद्धाञ्जली अर्पण गर्छौं, त्यो सही हो तर आज हामीले यो छौं, धेरै शहीदका परिवारहरुको आर्थिक अवस्था धेरै कमजोर रहेका छन् ती परिवारहरूलाई व्यवहारिक रूपमा हेर्न खाँचो छ, वर्तमान समयमा दिनहुँ शहीदका पार्थिव शरीर पहाडमा भित्रिरहेका छन् सम्पुर्ण राजनैतिक दल, संघ -संस्थाहरू शहीदका परिवारलाई भेटघाट गरी संवेदना प्रकट गर्दै सान्त्वना दिने कार्यहरू गरिरहेका छन् जुन असल हो तर आज के हामीले उनको परिवारहरूलाई सही न्याय दिलाउन सकेका छौं भनी प्रश्न गर्दै हामीले केही दिन सकेको छैनौं कारण हाम्रो सही व्यवस्था छैन, हामी लथालिङ्ग छौं, अन्य राज्यहरूमा सही न्याय पाउँछ तर हामीले पाउन सक्दैनौं भनी बताएका छन्। भुपेन गुरुङले म विगतमा के भयो कस्तो ब्यवस्था थियो र कसले के गर्योउ विगतमा जान चाहन्न तर अब हामी सबै एक भएर गोर्खा जातिको निम्ति संवैधानिक ब्यवस्था, वित्तीय अधिकार, न्यायपालिका, कार्यपाल अधिकार, भूमिको अधिकार भएको ब्यवस्था भित्र्याउन सबै एक हुनपर्छ ताकी हामी यसरी शोषित हुन नपरोस् भनी बताएका छन्। उनले हामी बलियो छैनौं, हामी संवैधानिक तौरमा सुरक्षित छैनौं, लाचार छौं विवश छौं, राष्ट्रको निम्ति समर्पित वीर शहीदहरूको पार्थिव शरीर पहाड भित्रिरहेको समयमा सिलगढीमा गोर्खा विरुद्ध र्या ली, जुलुस अनि नारा गर्दै विदेशीको लाञ्छना लगाउनु भनेको दुर्भाग्यपूर्ण हो, हामी कहिलेसम्म थिचोमिचोमा बस्ने भनी भुपेन गुरुङले प्रश्न गरेका छन्। यसकारण अब समस्त गोर्खा जाति एक भएर जाति र माटोको उन्मुक्तिको निम्ति राज्य सरकार अनि केन्द्र सरकारलाई दबाब दिनुपर्छ जनताले पनि अब सहि नेतृत्वहरूलाई चुन्नु सक्नु पर्छ तब मात्र हामी वीर शहीदहरूलाई साँचो श्रद्धाञ्जली हुनेछ, वीर शहीदका परिवारहरूलाई ब्यहारिक रुपमा हामी हेर्न सक्छौं भनी भुपेन गुरुङले अपिल समेत गरेका छन्।

About Author

Advertisement