गेलकमानका शहीद जवानलाई सैनिक सम्मानका साथ अन्तिम संस्कार

IMG_20220707_193355.jpg

सिलगढ़ी: मणिपुरको नोनी जिल्लामा प्राकृतिक प्रकोपमा परेर धेरै भारतीय सैनिकहरू शहीद बनेका थिए। त्यसमा केही जवानहरुको शव प्राप्त गरिए तापनि धेरैको शव भने पाउन सकिएको थिएन। तर खोजी कार्य भने चलिरहेको छ। यस्तैमा आज गेल चियाकमानको १०७ टीए को जेसीओ जवान उमेश लामाको पार्थिव शरीर बाघडुग्रा ल्याइपुऱ्याइयो। बाघडुग्राबाट जवानको पार्थिव शरीर सोझै बेङडुब्बीस्थित सैनिक छाउनी लगेर भारतीय सेनाका जवानहरुद्वारा सैनिक सम्मान दिइयो।यसपछि शहीद उमेश लामाको पार्थिव शरीर परिवारलाई जिम्मा दिइयो।परिवार पक्षले शहीद उमेश लामाको पार्थिव शरीर बौद्ध धर्म परम्परानुसार अन्तिम संस्कार गरियो।बाटोभरि शहीद उमेश लामालाई मानिसहरुले अश्रुपुर्ण विदाइ दिन हातमा खादा लिएर उभिएको पनि देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement