गान्तोक र पाक्योहमा बीरहरु सम्झिए

IMG-20230818-WA0290.jpg

गान्तोक: संस्कृति विभागका अधिकारी र कर्मचारीहरूलाई पञ्च प्राण प्रतिज्ञा गराइएको छ। ‘मेरी माती मेरो देश’ मिटीको एक भागको रूपमा आज मनन भवन परिसरमा संस्कृति विभागकी सचिवका तर्फबाट मुख्य अभियन्ता प्रज्ञा सिंहले गराएका गराएका हुने। यसबीच वीरहरुलाई नमन गर्दै देशको लागि सर्वोच्च बलिदान दिने वीर र वीरंगानाहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। “मेरी माती मेरा देश” अभियानको एक भागको रूपमा, पाक्योङका जिल्लापाल टाशी छोफेलले पनि पञ्च प्राण प्रतिज्ञा गराएका थिए। पाक्योङ जिल्लाका अधिकारी अनुपा ताम्लिङ, लगायत विभागका उच्च अधिकारीहरु सामेल थिए। “मेरी माटी मेरा देश” अभियान, भारत सरकारद्वारा एक दूरदर्शी पहलको रुपमा थालिएको हो। यसअन्तर्गत देशका लागि बलिदान गर्ने बीर संग्रामीहरुलाई श्रद्धाञ्जली गरिन्छ। यो राष्ट्रव्यापी अभियान ९ देखि ३० अगस्ट, २०२३ सम्म चल्नेछ। वीरहरूको वीरताको बलिदानलाई विभिन्न तरिकामा सम्मान गर्ने लक्ष्य राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement