जेयू कान्डः पक्रा परेको सप्तकलाई लिएर विश्वविद्यालयको मेन होस्टल पुग्यो पुलिस

IMG-20230410-WA0169-11-300x172-12

कोलकाताः जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षको छात्र स्वप्नदीप कुन्डूको छप्परबाट झरेर मृत्यु मामिलामा पक्रा परेका ९ मध्ये एक सप्तक कामिलालाई लिएर पुलिसको टीम शुक्रवार दिउँसो विश्वविद्यालयको मेन होस्टलमा पुगेको छ। यही होस्टलको चौथो तलाबाट झरेको कारण स्वप्नदीपको मृत्यु भएको थियो। यस मामिलामा पक्रा परेको सप्तक प्रत्यक्षदर्शी थियो। यसैले पुलिस उसलाई लिएर विश्वविद्यालयको मेन होस्टलमा गएको छ। त्यहाँ घटनाको री-क्रिएशन गरिनेछ।

गत १० अगस्त राति विश्वविद्यालयको होस्टलबाट झरेपछि स्वप्नदीपको मृत्यु भएको छ। त्यसपछि जुन नौ जनालाई पक्राउ गरिएको छ, उनीहरूसित एकसाथ र अलग-अलग पनि सोधपुछ भएको छ। सबैले अलग-अलग दाबी गरेका छन्। यसैले सप्तक जो घटनाको समय एकमदै नजिक थियो, उसको बयानलाई महत्वपूर्ण मान्दै पुलिसले घटनाको री-क्रिएशन गर्ने योजना बनाएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement