कुचबिहारः जिल्लाको माथाभांगा-१ ब्लकको हाजराहाटको बेलतापारा क्षेत्रमा तृणमूल कांग्रेसका पञ्चायत सदस्यको घर छेउ बम प्रहारको आरोप भाजपामाथि लागेको छ। घटनापछि क्षेत्रमा सनसनी फैलिएको छ।
हाजराहाट-१ नम्बर अञ्चल अध्यक्ष उत्तम सरकारले क्षेत्रमा आतङ्कको माहोल सिर्जना गर्न भाजपा समर्थित बदमाशहरूले अबेर राति बम प्रहार गरेको आरोप लगाएका छन्। बजारमा पनि भाजपा समर्थकहरूले बम प्रहार गरेको उनले आरोप लगाएका छन्। भाजपाले उक्त आरोपहरू निराधार रहेको बताएको छ। भाजपा नेता उत्तम बर्मनले भाजपालाई बदनाम गर्न यस्तो षडयन्त्र गरिएको बताए। उनले उक्त घटना तृणमूलको आन्तरिक गुटबाजीको परिणाम बताए। अर्कोतिर, माथाभांगा थाना पुलिसले घटनाको छानबिन शुरू गरेको छ।









