इंग्ल्याण्डका प्रधानमन्त्री जोनसनले दिए पार्टी नेता पदबाट राजीनामा

Boris-Johnson-1

इंग्ल्याण्डका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन्। पछिल्ला दुई दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा उभिएका छन्। उनको राजीनामापछि अब कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिनेछ। यसैबीच, बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा भने निरन्तरता पाउनेछन्। मन्त्रीहरूले राजीनामा दिए पनि बोरिस जोनसनले आफ्नो पदमा निरन्तरता दिने दाबी गरेका छन्।

इंग्ल्याण्डका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामासँगै इंग्ल्याण्डमा मन्त्रीहरूको राजीनामा शुरु भएको हो। उनीहरू दुवैले प्रधानमन्त्री बोरिस जोन्सनको नेतृत्वलाई विश्वास नगरेको भन्दै राजीनामा दिएका थिए। ऋषि सुनकले सरकारले गम्भीरतापूर्वक काम गरोस् भन्ने जनताको अपेक्षा रहेको बताए। अर्कोतर्फ साजिद जाविदले राजीनामामा सरकारले राष्ट्रहितमा काम नगरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement