दार्जीलिङ: जून महिनामा दार्जीलिङ नगरपालिकामा ५७ लाख ४४ हजार २ सय ४३ रूपियाँ संग्रह गरिएको छ।दार्जीलिङ नगरपालिकाले प्रत्येक महिनाको हिसाब किताबहरू जनता समक्ष सर्वजनिक गर्दै आई रहेको छ।यसैक्रममा आज दार्जीलिङ नगरपालिकाले जून महिनाको हिसाब किताबहरू सर्वजनिक गर्ने काम गरेको छ।दार्जीलिङ नगरपालिकाको वित विभागीय नगरपार्षद विष्णु मल्लले आज जून महिनाको हिसाब किताबहरू सर्वजनिक गर्ने काम गरेको छ।नगरपार्षद मल्लले बताएअनुसार गत मई महिनामा दार्जीलिङ नगरपालिकाको एकाउण्टमा ८७ लाख ७७ हजार ८ सय ३७ रूपियाँ रहेको थियो भने जून महिनामा पालिकाले पानीको टयाक्स,जमीनको टयाक्स आदिबाट ५७ लाख ४४ हजार २ सय ४३ रूपियाँ संग्रह भएको छ। जसमा पालिकाको खातामा १ करोड ४५ लाख २२ हजार १ सय ८० रूपियाँ रहेको थियो। जसमा पेन्सनमा ४७ लाख रूपियाँ खर्च भएको छ। त्यसरी नै गाडीको तेलहरूमा ७ लाख,६३ हजार,३ सय ७८ रूपियाँ खर्च भएको छ। त्यसै गरी अन्य विषयहरूमा ४ लाख ९२ हजार ४ सय ७१ रूपियाँ खर्च भएको छ, जसमा १ करोड २० लाख ५९ हजार ४ सय ७० रूपियाँ खर्च भएको छ अनि जून महिनामा दार्जीलिङ नगरपालिकाको खातामा २४ लाख ६२ हजार ६ सय १० रूपियाँ रहेको वित विभागीय नगरपार्षद मल्लले बताएका छन। दार्जीलिङ नगरपालिकाको वित विभागीय नगरपार्षद विष्णु मल्लले कतिपय नगरबासीहरूले अझसम्म कर उर्फ टयाक्स जम्मा गरेका छैनन। उनीहरूले शीध्र नै पालिकालाई कर जम्मा गरी दिने अनूरोध गर्दै तपाईहरूको सहयोगले नै पालिका संचालन गर्नमा ठूलो सहयोग प्राप्त हुनेछ भन्ने बताएको छ। स्मरण रहोस गत दार्जीलिङ नगरपालिकाको चूनाव अवधि हाम्रो पार्टीले पालिकाको एक एक हिसाब किताबहरू नगरबासीहरू समक्ष खुल्ला रूपमा राख्ने वाचा गरेका थिए। त्यही अनुरूप हाम्रो पार्टीको दार्जीलिङ नगरपालिकाले प्रत्येक महिनाको हिसाब किताबहरू सर्वजनिक गर्दै आइरहेको छ।









