काेलकाता: वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारी पार्टीका १५ विधायक लिएर जादवपुर विश्वविद्यालयका मृत छात्र स्पप्नदीप कुण्डूको परिजनसॅंग भेट गर्नेछन्।
बिहिवार उनले जादवपुर विश्वविद्यालय छेउ भाजपा युवा मोर्चाको धरना मन्चमा बोल्दै उक्त घोषणा गरे।
उनले मुख्यमन्त्री ममता ब्यानर्जीको सरकारको तीव्र आलोचना गर्दै भने, विधानसभामा राज्यका शिक्षा मन्त्रीसॅंग म हिसाब किताब लिनेछु। पुलिसलाई सब थाहा छ। विश्वविद्यालय प्रबन्धनलाई पनि सबै जानकारी छ। उनले शिक्षा मन्त्री ब्रात्य बसुको ध्यान आकर्षित गर्दै बसुले मंगलवार विधानसभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए।
उनले प्रश्न गर्दै भने, यस घटनामा शिक्षा मन्त्रीले बोल्नु पर्नेछ। विश्वविद्यालयमा सीसीटीभी किन छैन? विश्वविद्यालय बाहिर चारैतिर सीसीटीभी किन छैन? राज्य सरकारको लापरवाहीका कारण नानीहरूको ज्यान गइरहेको छ।










