नियुक्ति भ्रष्टाचारको केन्द्र थियो पूर्व शिक्षा मन्त्री पार्थको घरः सीबीआई

IMG-20230410-WA0169-11-300x172-11

कोलकाताः बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा राज्यका पूर्व मन्त्री पार्थ च्याटर्जीको नाकतलास्थित घर नै केन्द्र बिन्दु थियो। केन्द्रिय जॉंच एजेन्सी सीबीआईले बिहिवार कोर्टमा दाबी गर्दै नियुक्ति भ्रष्टाचारमा पार्थ च्याटर्जीको सबैभन्दा ठूलो भूमिका थियो भनी बताएको छ। च्याटर्जीले आफ्नो घरको एउटा तलामा कार्यालय चलाउने गर्थे। यस कार्यालयमा मन्त्री प्रसन्ना राय जस्ता बिचौलीसॅंग भेट गर्थे।

जॉंच एजेन्सी अनुसार, पार्थले नोकरी पाउन इच्छुक व्यक्तिहरूबाट पैसा लिने बिचौलीहरूको नाम एसएससीको तत्कालीन अध्यक्ष सुबीरेश भट्टाचार्यलाई पठउने गर्थे। यस कारण नियमहरू उल्लंघन गरेर सुबीरेशलाई नियुक्त गरिएको थियो। भर्ती भ्रष्टाचार मामिलामा बिहिवार पार्थलाई विशेष सीबीआई अदालतमा पेश गरियो। कोर्टमा सीबीआईका वकील र पार्थका वकीलबिच लामो प्रश्न-उत्तर चल्यो।

सीबीआईले भर्तीमा सुनियोजित षडयन्त्र थियो भन्दै पार्थलाइ जमानत दिएको खण्डमा प्रमाणहरू नष्ट हुन सक्ने आशंका व्यक्त गऱ्यो। लामो बहसपछि न्यायाधीशले पार्थको जमानत याचिका खारेज गरिदियो।

About Author

Advertisement