गान्तोकः मंगनको नामपतम रोड अन्तर्गत च्यानडॉंड़ामा भएको वाहन दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनामा वाहन चालक लगायत अन्यहरूलाई चोट लागेको छ। उक्त दुर्घटना बुधवार घटेको हो।
पुलिस अनुसार, नामपतम रोडमा पर्ने च्यानडॉंड़ामा बुधवार एउटा स्कर्पियो वाहन सड़कदेखि लगभग २०० फुट तल झऱ्यो। वाहनमा चालक र चार जना यात्री थिए। दुर्घटनापछि घाइतेहरूलाई मंगन जिल्ला अस्पताल लगियो जहॉं चिकित्सकहरूले निम छिरिङ लेप्चालाई मृत घोषित गरिदिए। वाहन चालक मदन छेत्रीलाई गम्भीर चोट लागेको छ र गान्तोक रेफर गरिएको छ। पुलिसले घटनाको सम्बन्धमा छानबिन गरिरहेको छ।










