आज कोरोनाको २,८८९ नयाँ मामिला, ६११ जना भए कोरोनामुक्त, २ जनाको मृत्यु
कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ २,८८९ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले २ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा ६११ जना कोरोनामुक्त भएका छन्।
हालसम्म बङ्गालमा २०,४२,८३१ जना कोरोनाले संक्रामित भएको छन् भने २०,०५,०५२ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२३३ जनाले जान गुमाएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.१५℅ र सकारात्मक दर १८.७४℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६३,६४५,१८९ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा १५,४१६ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,६४१,७६३ जनाको परीक्षण भएको छ।