गाउँलाई सुन्दर बनाउन सबैले योगदान दिनु पर्ने राज्यपालले गरे आग्रह

IMG-20220707-WA0159.jpg

गान्तोक: एसकेएम पार्टी सरकारमा आएपछि शुरू गरेको धर्ती मातालाई एक दिन कार्यक्रम आज राज्यभरि नै पालन गरियो। यसै क्रममा आज गोलीटारस्थित फेमबोङल्होमा भव्यरूपमा पालन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा राज्यका राज्यपाल गंगा प्रसाद रहेका थिए भने विशिष्ठ अतिथिमा मुख्यमन्त्री प्रेम सिंह तामाङ उपस्थित थिए। उक्त कार्यक्रममा राज्यका राज्यपाल र मुख्यमन्त्रीले विरूवा रोप्दै धर्ती मातालाई एक दिन समर्पित गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल गंगा प्रसादले हामी सबैले यस धर्तीबाट सबैकुरा पाउने गरेको हुनाले यसको संरक्षण गर्न अति नै आवश्यक रहेको बताए। सिक्किम एक सुन्दर राज्य रहेको कारण यहाँको सबै गाउँलाई अझ सुन्दर बनाउनमा सबैले योगदान पुऱ्याउनु पर्ने उनले आग्रह गरे। सिक्किम राज्यले शीघ्र केसरको खेती शुरू गर्ने लक्ष्य राखेर काशमिरसँग निरन्तर सम्पर्क गरिरहेको बताए। हालसम्म कश्मिरका प्रतिनिधिहरूसँग दुइपल्ट बैठक गरिसकेको राज्यपालले जानकारी गराए।

यसै क्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले हामीले वर्षको ३६४ दिन आफ्नो बारेमा सोच्ने गर्दछौं भने १ दिन धर्तीमाताको निम्ति समर्पित गर्नु पर्ने सुझाउ दिए। मानव जातिको लापारवाहीको कारण विभिन्न स्थानमा पैह्रौ जाने गरेको पनि उनले बताए। यदि पैह्रौको रोकथाम गर्नु हो भने हामीले हाम्रो वरिपरि सर सफाई गरिनु पर्ने साथै झोडा नालामा मैला फ्याँक्न नहुने सुझाउ दिए। जनताको सम्पतिको संरक्षण गर्न सबैको दायित्व रहेको बताउँदै यसको निम्ति सबै जना अघि आउनु पर्ने आग्रह गरे। राज्यमा सञ्चालित गैर सरकारी संस्थाहरूले पनि आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्न सकेमा गाउँ स्वच्छ रहने जानकारी गराए। वर्तमान युवा पीढिले पश्चिमी संस्कारलाई अप्नाउँदै आइरहेका छन्,जुन राम्रो कुरा हो। तर हामीले आफ्नो संस्कृति पनि भूल्न नहुने सुझाउ दिए।

यस अवसरमा वन विभाग मन्त्री कर्मा लोडे भोटियाले आफ्नो सम्बोधनमा विपक्षी दल करायो भने सरकारले राम्रो काम गर्दैछ भन्ने कुरा बुझ्नु पर्ने बताए।सरकारले केही न केही गर्दैछ आफू खुशी मान्नु पर्ने जानकारी गराए। उनले पुरानो एसटीएनएम छेउमा रहेको बरको रूखको प्रसङ्ग झिक्दै उक्त रूख राति काट्नु पर्ने अवस्था थियो किन भने दिनमा काटदा उक्त रूख बोक्ने ठूलो ठूलो गाडी गान्तोकमा हिँडदा ट्राफिक समस्या देखिने भएकोले राति काटिएको बताए। वास्तवमा उक्त परियोजना पूर्व सरकारको हो। आजको कार्यक्रममा दसवटा विद्यालयलाई ग्रीन अवार्ड प्रदान गरियो।

About Author

Advertisement