तीनधारेको बजारस्थित शिवालय मन्दिरमा महिनाव्यापी रुद्री पाठको समापन र पूर्णावती

IMG-20230817-WA0264.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे बजारको शिवालय मन्दिरमा एक महिनाव्यापी सावनको रुद्री पाठको समापनसितै अन्तिम पूर्णावती सम्पन्न भएको छ। गत १६ जुलाईदेखि शुरु भएको सावनको पूजा साथै रूद्री पाठ एक महिनापछि अाज समापन भएको छ। तीनधारे बजारको ग्राम सुधार समितिको आयोजनामा २०२३ देखि नै थालिएको उक्त पूजा यसपालि २० वर्ष पुगेको छ।

विगत एक महिनादेखि यस शिवालय मन्दिरमा पण्डित दिलप्रसाद शर्मा (जलपादेवी बाजे), डिल्लीप्रसाद शर्मा, राहुल ब्राह्माण, प्रेमप्रसाद उपाद्यय आदिले पूजा अर्चना गरेका थिए। क्रिकेट बजारको यस शिवालय मन्दिरमा विगत २० वर्षदेखि लगातार रूपमा पूजा अर्चना भईरहेको छ। यो मन्दिरको स्थापना सन् १९५४ सालतिर नै भएको बताइएको छ। यसपाली पनि यस मन्दिरमा सावनको पानी चढ़ाउने र पूजा अर्चना गर्नेहरूका भीड़ देखिएको छ। यस मन्दिरमा सावन महिनाभरि पूजा अर्चना गर्नेहरू तीनधारे र वरिपरि क्षेत्रका भक्तजन उपस्थित हुने गरेका छन्। आज पनि मानिसहरू यस मन्दिरमा आएर पूजा अर्चना गरिरहेका थिए भने यस अवसरमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री विशेष रूपमा उपस्थित रहेका थिए।

तीनधारेको यस शिवालय मन्दिरमा पूजा अर्चना विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे बजारको ग्राम कल्याण समितिको उप सभापति बिनयकुमार छेत्रीले तीनधारेको यस शिवालय मन्दिरमा प्रत्येक वर्ष सावन महिनामा एक महिनाव्यापी रुद्री पाठ र सावनके पूजा हुने गरेको र यो क्रम सन् २००३ देखि लगातार रूपमा भईरहेको साथै यस वर्ष यहाँ पूजा गरेको २० वर्ष पुगेको बताए। उनले यो मन्दिर १९५४ तिर नै स्थापना भएको र यहाँ वार्षिक रूपमा पूजा अर्चना गर्ने कार्य भईरहेको बताएका छन्। त्यसरी नै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य योगराज प्रधानले पनि तीनधारेको बजारमा रहेको यो मन्दिर १९५४ सालतिर नै स्थापना भएको र धेरै वर्षदेखि यहाँ पूजा अर्चना भईरहेको बताए।

उनले यस मन्दिरमा यसपाली सम्पन्न एक महिनाव्यापी पूजाको अन्तिम दिन तीनधारे क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थित रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement