कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा बिहीबार लंकापाड़ा पगली खास बस्तीमा निःशुल्क पशु चिकित्सा शिविर सम्पन्न भयो। उक्त शिविरमा प्रायः ४३० जति पालतु पशुहरुको निःशुल्क उपचार गर्दै निःशुल्क औषधि वितरण गरिएको एसएसबी ५३ वाहिनी सुत्रले जनाएका छन्।
सो अवसरमा एसएसबी ५३ वाहिनीका पशु चिकित्सक डा. देवाशीष त्रिपाठीले गरेको थियो भने लंकापाड़ा बीओपीको प्रभारी मनोरञ्जन मोहन्ती, सहप्रभारी अदर तिर्की एवम् एसएसबी जवानहरुको सक्रिय भुमिका निर्वाह गरेको थियो।









