सेयर बजारमा फोर्ड र जनरल मोटर्स भन्दा भियतनामको इलेक्ट्रिक कार कम्पनी अघि

00-1-Ethanol-Car-copy

भियतनामको विद्युतीय सवारीसाधन निर्माता ‘भिन फास्ट’को सेयर बजार मूल्यांकनले कारोबारको पहिलो दिन ‘फोर्ड’ र ‘जेनरल मोटर्स’ जस्ता कम्पनीलाई उछिनेको छ। न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकरणको पहिलो दिन, ‘भिन फास्ट’ को शेयर ३७ डलरमा बन्द भयो। यद्यपि कम्पनीको सेयर भने नाफाको स्थितिमा पुग्न सकेको छैन। लिस्टिङको पहिलो दिन ‘भिन फास्ट’को बजार मूल्य ८५ अर्ब डलर पुगेको छ। यो बजारमा ‘फोर्ड’ (४८ अर्ब डलर) र ‘जनरल मोटर्स’ (४६ अर्ब डलर) जस्ता पहिले नै स्थापित कम्पनीहरू भन्दा बढी हो।

‘भिन फास्ट’ द्रुत रूपमा बढिरहेको इभी बजारमा साझेदारी गर्न नयाँ खेलाडीको रूपमा प्रवेश गरेको छ। लिस्टिङले ‘भिन फास्ट’का अध्यक्ष तथा संस्थापक फाम न्हाट भ्युङको नेटवर्थ ३९ अर्ब डलरले बढाएको छ। उनी भियतनामको सबैभन्दा धनी व्यापारी हुन्। नियामक निकायमा दायर गरिएका कागजातहरूले कम्पनीमा भ्युङको ९९ प्रतिशत सेयर रहेको देखाउँछ। यो सेयर भियतनामको सबैभन्दा ठूलो कम्पनी विङग्रुप जेएससीमार्फत लिइएको हो। सीमित संख्यामा मात्रै सेयर कारोबार गर्न सकिने भएकाले कम्पनी यति उच्च मूल्यमा सूचीकृत भएको हो।

About Author

Advertisement