नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार प्रख्यात वैज्ञानिक तथा रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ)का पूर्व अध्यक्ष डा. वी.एस. अरूणाचलमको निधनमा दुःख व्यक्त गरे। प्रधानमन्त्रीले अरूणाचलमलाई श्रद्धाञ्जलि दिँदै भने, उनको निधनले वैज्ञानिक समुदायमा एउटा ठूलो रिक्तता आयो। प्रधानमन्त्री मोदीलेले आफ्नो ट्वीट सन्देशमा भने, ‘डा. वी.एस. अरूणाचलमको निधनले वैज्ञानिक समुदाय औ रणनीतिक दुनियाँमा एउटा ठूलो रिक्तता ल्याएको छ। उनको ज्ञान, अनुसन्धानप्रति पागलपन अनि भारतका सुरक्षा क्षमताहरूलाई बलियो बनाउनमा उनले पुऱ्याएको समृद्ध योगदानको लागि उनको धेरै प्रशंसा गरियो। उनको परिवार र शुभचिन्तकहरूप्रति संवेदना। ओम शान्तिl’ उल्लेखनीय छ, पूर्व डीआरडीओ प्रमुख ८७ वर्षका थिए। उनको अमेरिकाको क्यालिफोर्नियामा निधन भएको उनको परिवारद्वारा बुधवार जारी बयानमा बताइएको छ। -हिस











