१७ अगस्तः ईंग्ल्याण्डको क्लब म्यानचेष्टर सिटीले पहिलोपल्ट यूएफा सुपर कपको खिताब जित्यो। सिटीले स्पेनको क्लब सेविलेलाई पेनल्टी शूटआउटमा पराजित गऱ्यो। गत सीजनमा ईंग्लिश प्रीमियर लीगको साथमा यूएफा च्याम्पियन्स लीगको खिताब जित्ने म्यानचेष्टर सिटीले प्रशिक्षक पेप ग्वार्डियोलाको मार्गदर्शनमा १५औं खिताब जित्यो। फाइनलको नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेपछि अतिरिक्त समयको खेलमा पनि स्कोरमा कुनै फेरबदल भएन। यसैकारण नतीजा हासिल गर्न पेनल्टी शूटआउटको सहारा लिइयो, जसमा म्यानचेष्टर सिटी ५-४-ले विजयी भयो। म्यानचेष्टर सिटीको टीम केवल १० दिन अघि कम्युनिटी शील्डमा आर्सनल विरुद्ध पराजित भएको थियो। यसपाली टीमले सुपर कपमा चाहिँ कुनै गल्ती गरेन अनि शुरुमै एक गोल खाए पनि असाधारण पुनरागमन गर्दै म्याच जित्यो। यस जीतको साथै ग्वार्डियोला तीन अलग-अलग टीमको साथ सुपर कप जित्ने पहिलो प्रशिक्षक बने। उनले बार्सिलोनाको टीमलाई २००९ र २०११-मा सुपर कप च्याम्पियन बनाएका थिए। त्यसपछि उनको मार्गदर्शनमा बायर्न म्यूनिखले २०१३-मा खिताब जितेको थियो।
ग्रीसको काराइस्काकिस स्टेडियममा अबेर राति खेलिएको म्याचमा सेविलेको शुरुवात असल रह्यो। यूसुफ एन-नेसिरीले २५औं मिनटमा स्पेनिश क्लबलाई बढ़त दिलाए। टीम मध्यान्तरसम्म पनि १-०-ले अघि रहेको थियो। दोस्रो हाफमा चाहिँ गोलको खोजमा म्यानचेष्टर सिटीले लगातार आक्रमण गऱ्यो। यसै क्रममा टीमलाई ६३औं मिनटमा सफलता हासिल भयो। युवा खेला़ी कोले पाल्मरले दर्शनीय गोलको साथ स्कोर १-१-को बराबरीमा पुऱ्याए। म्याच पेनल्टी शूटआउटमा पुग्दा दुवै टीमका खेलाड़ीहरूले पहिलो ९ वटा शट्मा कुनै गल्ती गरेनन्। यसमा म्यानचेष्टर सिटीले पाँचैपल्ट गोलीलाई नेटमा गोलीलाई नेटमा हाल्यो। सेविलेको टीमले पनि पहिलो चारवटा प्रयासमा सफलता हासिल गरे पनि पाँचौं प्रयासको निम्ति अघि आउने नेमाञ्जा गुडेलले गल्ती गर्दा म्यानचेष्टर सिटी च्याम्पियन भयो। सुपर कप कुनै एउटा सीजनमा च्याम्पियन्स लीग र यूरोपा लीग जित्ने टीमबीच खेलिनेछ।










