मङपू: मङपू जन मैदानमा स्वतन्त्रता दिवस समारोह समितिको आयोजनामा ७७औं स्वतन्त्रता दिवस पालन गरियो। प्रेम शेर्पाको अध्यक्षतामा सम्पन्न भएको समारोहका प्रमुख अतिथिको क्षेत्रीय कार्यकारिणी सभासद रतन थापाको बाहुलीबाट राष्ट्रिय झन्डा उत्तोलन गरेपछि कार्यक्रमको शुभआरम्भ गरिएको थियो। मङपू वरिपरि अन्तर विद्यालय माझ भएको परेड मार्चपास प्रतीयोगितामा सन्त जोसेप विद्यालय प्रथम स्थान,हिलएन्जल्स एकाडमी दोस्रो स्थान अनि सेन्टमंगल् एकाडमीले तेस्रो स्थान हासिल गर्न सक्षम बने भने परेडको सलामी ग्रहण रतन थापाले लिएका थिए।
‘रण फर सिन्कोना’ म्यरथन दौड प्रतियोगिता राखिएको थियो जसमा केटाहरुमा सुशील राई प्रथम;रिग्जेन तामाङ दोस्रो अनि प्रज्वल तामाङले तेस्रो स्थान हासिल गरे भने केटीहरुमा नैना गुरुङ प्रथम मुस्कान तामाङ दोस्रो अनि सिवाङगी तामाङले तेस्रो स्थान ओगट्न सफल भइन्।
म्याराथन धावकका विजयी प्रतीयोगीहरुलाई नगदराशीसहित ट्रफी प्रदान गरियो। आज मङपू जनमैदानमा सप्पन्न भएको फुटबल प्रतियोगिताको फाईनल खेल बण्टी ११ अनि शारदा विधालय माझ भएको जस्मा १ को विरुद्ध पाँच गोल गरेर बन्टी ११ बिजय बने।
यसरी स्व: भीम सिङदन स्मृति च्यालेन्ज कप जुनियर डिभिजनको फुटबल खेलमा शारदा विधालय अनि ज्ञानपीठ विधालय माझ फुटबल फाईनल खेल सप्पन्न भएको थियो, जसमा खेल अवधी भरी दुईवटा दलले एक एक गोल गरेर बराबरीमा रहे भने ट्राईब्रेकर पेनल्टीमा ज्ञानपीठ उच्चत्तर माध्यमिक विधालय बन्न सक्षम भए। खेलको विजेता र उपविजेता दललाई समारोहका प्रमुख अतिथि रतन थापा, विशिष्ट अतिथिहरु सिन्कोना बगान व्यवस्थापक गोपाल लामिछाने, सिनोरा प्रधान, मङपू आउटपोस्ट ओसी विजय थामी, सरला तामाङ,पुस्कार सिङगर,ममता थापा,प्रेम शेर्पा,सौगन राई अनि अन्यको बाहुलीबाट पुरस्कार वितरण गरियो।










