खरसाङ: तीनधारे महानदी समष्टी अन्तर्गत सिविटारको बाघमारा बस्तीमा सम्बर्ध्दना कार्यक्रमसितै मिनी पोष्ट फुटबल टुर्नामेन्टको फाइनल खेल सम्पन्न भएको छ। बाघामारा युउथ क्लबको आयोजनामा विगत १० जुनदेखि शुरु भएको मिनी पोष्ट फुटबल टुर्नामेन्टको फाइनल खेल सिलगढीको पाल्तालुन र कोठीडाँड़ा सिविटारको बिपन एफसीमाझ सम्पन्न भएको थियो। यस फाइनल खेलो पहिलो हाफमा २-० को अन्तरले सिलगढीले बढ़त बनाएको थियो भने निर्धाकित समयसम्म सिलगढीले ४-० को अन्तरले फाइनल खेल जितेर मिनी पोष्ट फुटबल टुर्नामेन्टको च्याम्पियन बनेको छ। यसावधि बिपन एफसीले पाएको दुईवटा पेनल्टीको अवसरलाई पनि गोलमा परिणत गर्न नसक्दा ४-० को अन्तरमा पराजयको सामना गर्नु परेको थियो। यस फाइनल टुर्नामेन्टमा जित्नेलाई ट्रफीसहित नगदराशि २५ हजार र पराजय दललाई ट्रफीसहित १५ हजार नगदराशि पनि प्रदान गरिएको छ। यस फाईनल खेलमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, विशिष्ट अतिथिहरूमा भागोप्रमो तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, घैयाबारी ग्राम पञ्चायतको उप प्रधान केवल राई, पञ्चायत समिति सदस्य वाङ्दी लामा, पञ्चायत सदस्य दिपेन्द्र तामाङ, समाजसेवी बिनयकुमार छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए।

यस मिनी पोष्ट फुटबल टुर्नामेन्टमै बाघमारा युथत क्लबको अयोजनामा नै सम्बर्ध्दना कार्यक्रम सम्पन्न भएको छ। प्रमोद छेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट समाजको लागि गौरव बनेकाहरूलाई सम्बर्ध्दना जनाइएको छ। यस क्रममा वयोवृध्द लामा म्हेम्हे चन्द्रवीर लामा, तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, यसपालीको पञ्चायतमा चुनावमा निर्वाचित बनेका पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ, संगीतमा मोहित भुजेल, कराँतेमा रोजी प्रधान, महिला फुटबलमा शबनम राई, शिक्षामा संजोग प्रधान, पत्रकारिता र साहित्यमा हनोक थापा आदिलाई सम्बर्ध्दना जनाइएको छ।









