सिलगढ़ी युनाइटेड एफसी च्याम्पियन

IMG-20230816-WA0221.jpg

१६ अगस्तः फूटबल क्लब मल्लीको सहयोगमा ७७औं इण्डिपेण्डेन्स डे सेलिब्रेशन कमिटीको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी युनाइटेड फूटबल क्लब च्याम्पियन भयो। मल्ली खेल मैदानमा मंगलवार भएको फाइनल म्याचमा सिलगढ़ी युनाइटेडले ट्रक ड्राइवर एसोसिएशन मल्लीलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो भनी आयोजक आईडीसीसी मल्लीका खेल सचिव राज प्रधानले बताएका छन्।

संक्षिप्तमाः
च्याम्पियनः सिलगढ़ी युनाइटेड फूटबल क्लब
रनरअप्ः ट्रक ड्राइवर एसोसिएशन मल्ली
प्लेयर अव् द म्याचः रोमन रोय (सिलगढ़ी युनाइटेड फूटबल क्लब)
प्लेयर अव् द टुर्नामेण्टः राज सुब्बा (सिलगढ़ी युनाइटेड फूटबल क्लब)
बेस्ट गोलकीपरः निगम सिंह (सिलगढ़ी युनाइटेड फूटबल क्लब)
हाईएस्ट गोलस्कोररः सरोज कार्की (ट्रक ड्राइवर एसोसिएशन मल्ली)
बेस्ट टीमः पेण्डाम फूटबल एकाडमी

About Author

Advertisement