आकाश प्रधानलाई बेंगलुरु सुपर डीविजन लीग खेल्ने मौका

IMG-20230816-WA0225.jpg

१६ अगस्तः खरसाङका प्रतिभाशाली फूटबलर आकाश प्रधानले बेंगलुरु सुपर डीविजन लीग खेल्ने मौका पाएका छन्। नयाँ बजार निवासी यस २२ वर्षीय खेलाड़ीसँग ड्रीम युनाइटेड फूटबल क्लबले अनुबन्ध गरेको छ। आकाशले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-बाट खेल्दै अगावै सुनाम अर्जन गरिसकेका छन्। अब उनले ड्रीम युनाइटेड एफसी-मा उत्तर बंगालका अन्य दुई फूटबलर निगम सिंह र तुषार विश्वकर्माको साथ खेल्नेछन्।

About Author

Advertisement