गान्तोक: ‘डा. डिल्लीरमण रेग्मी अन्तरराष्ट्रिय शान्ति पुरस्कार’ एसडीएफ अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई सम्मानित गरेका छन्। आज काठमान्डौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षामा आयोजित एक कार्यक्रमबीच चामलिङलाई सम्मानित गरिएको हो। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत डिल्लीरमण कल्याणकारी रेग्मी पुस्तकालय विकास समितिद्वारा आयोजित आजको सम्मान कार्यक्रमममा शिक्षा मन्त्री देवेन्द्र पौड्यल मुख्यअतिथिका रूपमा उपस्थित थिए। शिक्षा मन्त्री पौड्यालको बाहुलीबाट बुद्धको प्रतिमा, दोसल्ला र स्मृति चिह्न प्रदान गरी चामलिङलाई सम्मान जनाइएको जानकारी एसडीएफले प्रेस विज्ञप्तिमा दिएको छ। सम्मान कार्यक्रममा चामलिङले आफूलाई डा. डिल्लीरमण अन्तरराष्ट्रिय शान्ति पुरस्कारका निम्ति योग्य ठानी आमन्त्रण गरेकोमा आयोजक समितिप्रति आभार व्यक्त गरे। उनले हामी जहाँ बसे पनि भाषा र संस्कृतिले सबै एकै हौँ भनी बताए। भाषा र संस्कृतिको साइनोमात्र अमर हुने र यस साइनोले नेपाली जातिलाई सधैँ अमर र अजर बनाउने विचार उनले प्रकट गरे।
नेपाली समाजले आफ्नो भाषा र संस्कृतिलाई कसरी अजम्बरी बनाउन सकिन्छ भन्ने महत्त्वपूर्ण विषयमाथि चामलिङले प्रकाश पार्दै भने, आज जहाँ बसे पनि, राष्ट्रियता भिन्नता भए तापनि भाषा र संस्कृति हाम्रो एउटै रहने छ, एउटै हुनेछ। भाषा र संस्कृतिले नै नेपाली जातिलाई विश्वमा अन्य विकसित जातिजस्तो अजम्बरी जाति बनाउने छ। अथवा हाम्रो चिह्नारीलाई विश्वमा स्थापित गराउने छ। तर आज भाषा र संस्कृतिजस्तो विषयलाई हामीले महत्त्व दिन छाडेका छौँ। र, आधुनिकीकरणका नाममा हामीले आफ्नो भाषा र संस्कृतिको अवहेलना गरिरहेको र यसमाथि सबैले चिन्तन गर्नु पर्नेछ। यसरीनै उनले नेपाली भाषा र संस्कृतिलाई कसरी पुनः अवलोकन गर्नु पर्ने अथवा भाषा र संस्कृतिले गुमाएको कमि-कमजोरी र ह्रास भइरहेको अवस्थालाई सुधार गरी पुन समृद्ध बनाउने दिशातिर सबैले काम गर्नु पर्ने समय आएको बताए। नेपाली साहित्यले झेल्नु परिरहेको पठकको अभाव र नेपाली पुस्तकको बजार कम भएको यथार्थ समस्यालाई आफ्नो सम्बोधनमा उनले प्रष्ट पारेका थिए। आधुनिकीकरण र डिजिटल संसारले पुर्याएको क्षतिलाई पनि उनले प्रकाश परे। यसका अतिरिक्त उनले अभावमुक्त नेपाली समाज निर्माण गरे मात्र शान्ति कायम रहने बताए। उनले शान्ति केवल युद्धरहित देश र समाजमा मात्र नहुने बताउॅंदै सम्पूर्ण मानिसको जीवनमा शान्ति हुनु आवश्यक रहेको बताए। धर्म, जात, राजनीतिक सत्ताको सङ्घर्ष, राजनीतिक आतङ्कवाद, लैङ्गिक विभेद आदिका कारण मानव संसारमा अशान्ति सिर्जना भइरहेको उनले बताए। नेपाल तथा विश्वमा नेपाली भाषा साहित्य, संस्कृतिको माध्यमद्वारा शान्ति र सद्भावनाको प्रवर्द्धन एवम् उन्नयनका निम्ति पवन चामलिङले दिएको उल्लेखनीय योगदानलाई कदर गरी २०७८ सालको डा. डिल्लीरमण रेग्मी अन्तरराष्ट्रिय शान्ति पुरस्ककारले उनलाई सम्मानित गरिएको बताइएको छ।