गान्तोक: ‘मेरी माटी मेरा देश’ अभियान अन्तर्गत नाम्ची उच्चतर माध्यमिक विद्यालयका विद्यार्थी विकास छेत्रीले लगभग ९० किलोमिटरको दूरत्व तय गर्दै नामथाङको बाटो भएर नाम्चीदेखि गान्तोकसम्म दौड़ लगाएका छन्।
२४ वर्षीय छेत्री आज सॉंझ लगभग ५ बजी राजधानीको एमजी मार्ग आइपुगे। उनले बिहान ६३० बजी नाम्चीदेखि आफ्नो दौड़ शुरू गरेका थिए।
धावक छेत्रीलाई रानीपुलमा सिक्किम रनर्स ग्रुपले स्वागत जनाएका थिए भने रानीपुलदेखि धावक फुर्बा तामाङ पनि दौड़मा सहभागी बनिन्। विकास छेत्रीले शुरूमा १५ अगस्त, २०२२ मा आजादीको अमृत महोत्सव अभियानको बारेमा जागरूकता फैलाउन दौड़ लगाएका थिए। उनको उद्देश्य युवाहरूलाई स्वस्थ अनि सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको बताइएको छ।
विद्यालयका प्रधानाध्यापक हरि प्रसाद मंगरको समर्थनमा धावक छेत्रीलाई दौड़ लगाएका थिए। उनको यात्रा अवधि आज विद्यालयका शिक्षकहरू पनि उनको देखरेखको निम्ति उपस्थित थिए।