टिस्टामा फेरि रेड अलर्ट जारी, उत्तर बंगालका ५ जिल्लामा बादल र बाढीको चेतावनी

66afc30c-0019-49d9-9387-1f9c2202e384

जलपाइगढी: टिस्टामा फेरि रेड अलर्ट जारी गरिएको छ। सिक्किम र भुटानका पहाडी क्षेत्रमा अविरल वर्षाका कारण टिस्टा र जलढाका नदीमा पानीको सतह बढेको छ। आइतबार दिउँसो टिष्टा ब्यारेजबाट ३५०६ क्युमेक पानी छोडेपछि टिस्टा नदीमा पानीको बहाव बढेको हो। आइतबार दिउँसो ३ बजेतिर टिस्टा नदीका असुरक्षित क्षेत्रमा रेड अलर्ट र संरक्षित क्षेत्रमा पहेँलो चेतावनी जारी गरिएको सिँचाइ विभागको बाढी नियन्त्रण कक्षले जानकारी दिएको छ। सरकारी प्रतिबन्धको बेवास्ता गर्दै ट्याक्टर खोलामा खसेर चेल खोलाको बहावले बगाएको हो।

यसैबीच भुटानको पहाडमा लगातार वर्षा भइरहेको छ। जलढाका नदीका असुरक्षित क्षेत्रमा रेड अलर्ट र संरक्षित क्षेत्रमा पहेँलो चेतावनी जारी गरिएको छ। यससँगै दार्जिलिङ, कालेबुङ अलिपुरद्वार, जलपाइगढी र कुचबिहारमा बादल फाट्ने र बाढीको चेतावनी जारी गरिएको छ।

About Author

Advertisement