सिलगढी: भारत-नेपाल सीमाको खोरीबारीबाट पक्राउ परेका बंगलादेशी युवालाई आइतबार सिलगढी डिभिजनल अदालतमा पेश गरियो। स्मरण रहोस्, स्वतन्त्रता दिवसलाई ध्यानमा राख्दै सहरमा विशेषगरी नाका चेकिङ सुरु गरिएको छ । यसै अन्तर्गत शनिबार नेपाल–भारत सीमा नाका खोरीबारीबाट एक बंगलादेशी युवक पक्राउ परेका छन् । पक्राउ पर्नेको नाम मोहम्मद कौसर बेपारी हो । एसएसबी स्रोतका अनुसार बंगलादेशी युवालाई वैध कागजातविना भारतबाट नेपाल प्रवेश गर्नुअघि एसएसबीका जवानहरूले पक्राउ गरी सोधपुछ गरेको थियो। कुराकानीमा भिन्नता देखिएपछि उनलाई एसएसबीले पक्राउ गरी खोरीबारी पुलिसलाई बुझाएको थियो।आइतबार आरोपीलाई सिलगढी डिभिजनल अदालतमा लगिएको थियो।










