मेस्सीको गोलले इण्टर मियामी लीग्स कपको सेमिफाइनलमा

IMG-20230812-WA0270.jpg

१२ जुलाईः इण्टर मियामीले लीग्स कप फूटबल प्रतियोगिताको क्वार्टर फाइनलमा चार्लोटलाई ४-०-ले पराजित गरी सेमिफाइनलमा स्थान बनायो। म्याचमा स्टार स्ट्राईकर लियोनल मेस्सीले आफ्नो नयाँ क्लबको निम्ति ८६औं मिनटमा गोल गरे। गत वर्ष अर्जेण्टिनालाई फिफा विश्व कपको ट्रफी दिलाउने सातपल्टको बेलोन डीओर विजेता मेस्सीको यो आफ्नो नयाँ क्लबको निम्ति पाँचवटा म्याचमा आठौं गोल हो। मेस्सीले मियामीको निम्ति आफ्नो सबै पाँचवटा म्याचमा गोल गरेका छन्। क्वार्टर फाइनलमा जोसेफ मार्टिनेजले १२औं र रोबर्ट टेलरले ३२औं मिनटमा गोल गरे। त्यसपछि चार्लोटका एडिल्सन मलाण्डाले ७८औं मिनटमा आत्मघाती गोल गरे। अब सेमिफाइनलमा इण्टर मियामीको भिड़न्त मेक्सिकोको क्लब क्वूरेटारोसँग हुनेछ, जसले फिलेडेल्फिया यूनियनलाई २-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement