क्रामाकपाको पत्र प्रधानमन्त्रीलाई

IMG-20230812-WA0267.jpg

दार्जिलिङ: आज क्रामाकपाले गोर्खाहरूलो न्याय पाउनु पर्ने विषयमा देशको प्रधानमन्त्री पत्रचार गरेका छन्।
दार्जिलिङ पार्टी मुख्यालयमा क्रामाकपा केन्द्रीय महासचिव नर्बु लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् कि, भर्खरै सम्पन्न १७ औं लोकसभाको अन्तिम गृष्मकालीन सत्रमा गोर्खाहरूको सवाल लिएर संसद कार्य सूचीमा उल्लेख नहुनु बडो दुर्भाग्य महसुस गर्दै समग्र गोर्खा जाति खिन्नता र हताशा बढेको छ। भाजपाले पनि गोर्खालाई न्याय नदिने रहेछ भन्ने चरम आक्रोश गठबन्धन दलहरुभित्र व्यापकता छाएको स्थितिमा क्रामाकपाले देशको प्रधानमन्त्री र भाजपा सरकारप्रति दृढ विश्वास र भरोसा राख्दै गोर्खाको समस्याप्रति गम्भिरता देखाउँदै तथा समाधान गरियोस् भनी पत्राचार गरियोस् भनी पत्राचार गरेका छन्।

About Author

Advertisement