बीएसएफद्वारा राजगञ्ज ग्रामीण अस्पतालमा स्वच्छ भारत मिशन अभियान

IMG-20230812-WA0221.jpg

राजगञ्ज: बीएसएफको तर्फबाट राजगञ्ज ग्रामीण अस्पतालमा स्वच्छ भारत मिशन अभियान चलायो। ‘आजादी का अमृत महोत्सव’-को अवसरमा आज राजगञ्ज ग्रामीण अस्पताल परिसरमा स्वच्छ भारत अभियान चलाइयो। आज बीएसएफको १९५औं बटालियनको तर्फबाट मोठ ३७ जना बीएसएफ जवानहरूले उक्त कार्यक्रममा अंशग्रहण गरेका थिए। यसबारे बीएसएफ अधिकारी आशुतोष शर्माले भने, ‘आजादी का अमृत महोत्सव’-को अवसरमा स्वच्छ भारत मिशन अभियान अन्तर्गत राजगञ्ज ग्रामीण अस्पताल परिसरमा सफाई कार्यक्रम गरियो। हाम्रा जवानहरूले अस्पतालको विभिन्न ठाउँको सफाई गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement