युवा पुस्तामा उर्जा, उत्साह र सम्भावना सॉंच्चै उल्लेखनीय र प्रेरणादायीः राज्यपाल

IMG-20230728-WA0305.jpg

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किमका युवाहरूलाई अन्तरराष्ट्रिय युवा दिवसको हार्दिक बधाई दिएका छन्।

राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, हाम्रो युवा पुस्तामा रहेको उर्जा, उत्साह र सम्भावना सॉंच्चै उल्लेखनीय र प्रेरणादायी छ। सकारात्मक परिवर्तन र प्रगतिका लागि युवाहरू नै प्रमुख शक्ति हुन् भन्ने कुरालाई स्मरण गरौं। युवाहरू र समाजको लागि राम्रो भविष्य बनाउन उनीहरूलाई सही अवसर, शिक्षा र मार्गदर्शन प्रदान गर्न आवश्यक छ।

राज्यपालले अझ भनेका छन्, हामी एक वातावरण सिर्जना गर्न सक्छौं जसले नवीनतालाई पोषण दिन्छ, सपनाहरूलाई सशक्त बनाउँछ र उज्यालो भोलिका लागि मार्ग प्रशस्त गर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement