मुख्यमन्त्रीले अन्तरराष्ट्रिय युवा दिवसको बधाई एवं शुभकामना दिए

IMG-20230630-WA0413.jpg

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनता तथा सम्पूर्ण विश्वलाई अन्तरराष्ट्रिय युवा दिवसको हार्दिक बधाई एवं शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, युवाहरू हाम्रो समाजको मेरुदण्ड हुन् र हामीले असल भोलिका लागि उनीहरूका कौशल विकास गर्न स्वस्थ सिक्ने माहोल तयार गर्नु पर्नेछ। हामीले हाम्रा युवाहरूलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न र उनीहरूको सम्भावना विकास गर्न मञ्च प्रदान गर्न आवश्यक छ।

मुख्यमन्त्रीले सरकार युवाहरूका लागि अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको बताउॅंदै उनीहरूका सपनाहरूलाई साकार बनाउन विभिन्न प्रकारले सहयोग गरिरहेको बताएका छन्। उनले युवाहरूलाई शुभकामना दिॅंदै आफ्नो उत्कृष्ट संस्करण बन्न र राज्य अनि देशको कल्याणका लागि सामूहिक रूपमा काम गर्न प्रोत्साहित गरेका छन्।

About Author

Advertisement