गान्तोकः मिजोरमको खाज्वल एफसी छोग्याल सर टाशी नामग्याल मेमोरियल कप २०२३ को फाइनलमा प्रवेश गरेको छ। यहॉंको पाल्जोर स्टेडियममा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज खाज्वल एफसीले प्रतिद्वन्दी कर्नाटकको कोडागु एफसीलाई २-० ले पराजित गऱ्यो।
विजयी दलका खेलाड़ी लालथा किमालाई म्यान अफ् द म्याच चयन गरियो। भोलि दोस्रो सेमिफाइनल खेल सिक्किम पुलिस एकादश र सिक्किम हिमालयन एससीबिच सम्पन्न हुनेछ। आज स्टेट ब्याङ्क अफ् सिक्किमका प्रबन्ध निदेशक फुर्बा वाङ्गदी भोटिया मुख्य अतिथि थिए।
उल्लेखनीय छ, सिक्किम फुटबल एसोसिएशनको तत्वावधानमा छोग्याल सर टाशी नामग्याल मेमोरियल कप २०२३ को निम्ति स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता आयोजन भइरहेको छ।










