गान्तोकः सिक्किम पुलिस एकादश छोग्याल सर टाशी नामग्याल मेमोरियल कपको सेमिफाइनलमा प्रवेश गरेको छ। राजधानीको पाल्जोर स्टेडियममा आज भएको भिडन्तमा सिक्किम पुलिस एकादशले कञ्चनजङ्घा एफसी, सिलगढीलाई ३-० गोलले पराजित गऱ्यो।
सिक्किम पुलिस एकादशको सेमिफाइनलमा अब सिक्किम हिमालयन एससीसॅंग भिडन्त हुनेछ। आगामी १३ अगस्तको दिन सेमिफाइनल प्रस्तावित रहेको छ। आजको खेलमा सिक्किम पुलिसका खेलाड़ी आनन्द सुनारलाई म्यान अफ् द म्याच चयन गरियो। भोलि जेङथार एफसी, मिजोरम र कोडागु एफसी, कर्नाटकबिच पहिलो सेमिफाइनल खेल सम्पन्न हुनेछ। आज अङ्ग्रेजी दैनिक सिक्किम एक्सप्रेसका सम्पादक अमित पात्रो मुख्य अतिथिको रूपमा उपस्थित थिए। सिक्किम फुटबल एसोसिएशनको तत्वावधानमा आयोजित उक्त प्रतियोगिताको फाइनल आगामी स्वतन्त्रता दिवसमा सम्पन्न हुनेछ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




