प्रधानमन्त्री  मोदी र रुसी राष्ट्रपति पुटिन माझ वार्ता

PM-Mod-V-Putin

मस्को: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेटो राष्ट्रहरुको शिखर सम्मेलनपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका छन्। शिखर सम्मेलनमा नेटोले घोषणा गर्‍यो कि रूस उनीहरूको सैन्य गठबन्धनको लागि “सबैभन्दा महत्त्वपूर्ण र प्रत्यक्ष खतरा” हो। यो वार्ताबाट प्रधानमन्त्री मोदी र पुटिनले ठूलो सन्देश दिएको विज्ञहरुको विश्वास छ। सो कुराकानीमा प्रधानमन्त्री मोदी र पुटिनले रुसमाथि पश्चिमा देशले लगाएको प्रतिबन्धपछि पनि दुई देशबीचको आर्थिक सहयोग बढाउने स्पष्ट पारेका थिए।

महत्त्वपूर्ण कुरा, रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरू लगाएपछि भारत र रुसबीचको द्विपक्षीय व्यापारमा ठूलो वृद्धि भएको छ। सोभियत संघको पतनपछि भारत र रुसबीचको व्यापार यति धेरै बढ्छ भन्ने कल्पना पनि गरिएको थिएन। हालै भएको ब्रिक्स बैठकपछि प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपतिसँग यो कुराकानी गरेका हुन्। वार्ता यस्तो समयमा भएको हो जब पश्चिमी देशहरूले ब्रिक्सोल देशहरू बीच मतभेद सिर्जना गर्ने प्रयासलाई तीब्र पारेका छन्। विश्वमा शुरु भएको नयाँ शीतयुद्धमा भारतलाई रुसबाट तेल न किन्न र सहयोग गर्न पश्चिमी देशहरूले दबाब दिइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement