बीएसएफको टोलीले बनायो ‘द माउन्ट ब्ल्याक पीक’ मा पुगेर नयाँ रेकर्ड

BSF-1

नयाँ दिल्ली: सीमा सुरक्षा बल (बीएसएफ) का २६ सदस्यीय (२ महिला सीमा पुलिससहित) दलले ‘द माउन्ट ब्ल्याक पीक’ मा पुगेर एक नयाँ रेकर्ड बनाएको छ। यसअघि यो रेकर्ड २०२२ मा माउन्ट सतोपन्थमा पुग्ने २२ सदस्यीय दलसित थियो। यस अभियानमा बीएसएफले ४५० किलो फोहोर एकत्र गरी ‘सेभ हिमालय क्लीन ग्लेसियर’लाई प्रोत्साहित गऱ्यो अनि यसलाई डिस्पोजेबल यूनिटमा ल्याएको छ। बीएसएफ दिल्ली मुख्यालयले आज जानकारी गराएको छ, बीएसएफको टीमले स्थानीय युवा आइकन मिस रीना रावतलाई त्यही सीजनमा दोस्रोपल्ट माउन्ट ब्ल्याक पीकमा चढ़ाई गर्नमा मद्दत गरी उनको प्रमोशन पनि गऱ्यो।

बीएसएफ अभियानको सफल समापनपछि डा. रजनीकान्त सिंह, एसी/एमओले टीमका सदस्यहरूका साथ उत्तराखण्डको उत्तरकाशी जिल्लाको सुदूर गाउँ, तालुका र सीमामा चिकित्सा शिविरको आयोजन गऱ्यो। जहाँ १०० भन्दा धेरै रोगीहरूले भाग लिए। बीएसएफ पर्वतारोहण दल, १३ जूनमा पदमश्री लवराज सिंह धर्मशक्तु, एसीको नेतृत्वमा सुरक्षित ‘बीआईएएटी’ डोईवाला क्याम्पसम्म पुग्यो।

About Author

Advertisement