कोलकाता। पश्चिम बङ्गाल सरकारले एशियाई विकास ब्याङ्क (एडीबी) समर्थित सुधार कार्यक्रमहरू लागू गर्नका लागि वित्त विभागअन्तर्गत राजकोषीय नीति र सार्वजनिक वित्तको निम्ति एक केन्द्र स्थापित गर्नेछ। यस केन्द्रको मुख्य उद्देश्य राम्रो संसाधन जुटाउनु, सार्वजनिक व्ययलाई युक्तिसंगत बनाउनु अनि सार्वजनिक व्यव प्रबन्धनमा दक्षतामा वृद्धि, ऋण स्थिरता विश्लेषण, ऋण प्रबन्धन र सम्बन्धित विषयहरू अनुसन्धान र अध्ययनको संचालन गर्नु हो। वित्त विभागको तर्फबाट यसको निम्ति एक निर्देशिका जारी गरी यसबारे जानकारी दिइएको छ। यो केन्द्रले मूल रूपमा राज्यको वित्तीय निवेशको निगरानी गर्नेछ। यो राजकोषीय नीतिहरू र सार्वजनिक वित्तीय प्रबन्धनसहित सार्वजनिक नीतिमाथि सरकारी अधिकारीहरूको ध्यानाकर्षण पनि गर्नेछ। यस उद्देश्यको निम्ति विभागले एक निदेशक, अतिरिक्त निदेशक, संयुक्त निदेशक, उप निदेशक, डाटा एन्ट्री अपरेटरहरू र अनुसन्धान सहयोगीहरूको नियुक्तिको निम्ति ११ पद सृजित गरेको छ।