रिम्बिकमा प्राथमिक स्वास्थ्य केन्द्रको आवश्यकता छ: अमरसिंह राई

Rimbick

दार्जीलिङ: दार्जीलिङ जिल्ला रोगी कल्याण समितिका अध्यक्ष अमरसिंह राईले सुदूरवर्ती रिम्बीक क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गर्न राज्य सरकारसमक्ष अपील गर्ने वचन दिएका छन्। रोटरी क्लब अफ् दार्जीलिङद्वारा रिम्बीकमा आयोजना गरिएको एक स्वास्थ्य शिविरमा उपस्थित रहेका राईले रिम्बिकमा एउटा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना हुन आवश्यक रहेको अनुभव गरेका थिए। यसैले उनले रोगी कल्याण समितिका अध्यक्ष भएको नाताले आगामी बिहीबार सम्पन्न हुने एक बैठकमा नै रिम्बिकमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्नेबारे कुरा उठाउने बताएका छन्। साई समिति रिम्बिकको सहयोगमा रोटरी क्लब अफ् दार्जीलिङद्वारा आयोजित स्वास्थ्य शिविरमा ७०० भन्दा अधिक रोगीहरूले स्वास्थ्य जाँचको लाभ उठाएको क्लबको स्वास्थ्य कमिटीका अध्यक्ष डा. दावा भोटियाले जानकारी गराएका छन्। जुन शिविरमा १२ जना डाक्टरहरूले भाग लिएका थिए भने त्यस अवसरमा रोगीहरूलाई निःशुल्क औषिधिहरू पनि प्रदान गरिएको थियो।

About Author

Advertisement